३ जेठ,वीरगञ्ज । नेपाल खानेपानी सस्थांन शाखा कार्यालय वीरगञ्जले तिनवटा स्थानमा खानेपानीको पाईपलाइन विस्तार गरेको छ । कार्यलयले वीरगञ्जको लक्ष्मनवा, भिस्वा र पदमरोडस्थित खानेपानीको पाईपलाईन विस्तार गरेको हो ।
नेपाल सरकारको परियोजना अन्र्तगत ‘एक घर एक धारा’ खानेपानीको पाइप विस्तार गर्ने काम अन्तिम चरणमा पुगेको नेपाल खानेपानी सस्थांन शाखा कार्यालय वीरगञ्जले जनाएको छ । तिनै क्षेत्रमा यहि महिनादेखि नै खानेपानीको पाईपलाइन सञ्चालन गर्ने तयारीमा रहेको खानेपानी सस्थांन वीरगञ्ज शाखा प्रमुख निरण महर्जनले जानकारी दिनुभयो । उहाँका अनुसार यि तिनै क्षेत्रको काम ८० प्रतिशत सम्पन्न भईसकेको छ ।
उहाँले वीरगञ्जको गण्डकदेखि घुसुकपुरसम्मका भत्किएका ठाउँहरुको काम समेत अन्तिम चरणमा पुगेको बताउनुभयो । त्यस क्षेत्रका रोड साईडमा दुवैतिर खानेपानीको पाईपलाईन रहेको उहाँको तर्क छ ।
उहाँले पुराना बस्तीमा खानेपानीको लाईन भएपनि ग्राहकले त्यसलाई प्रयोग गर्नमा तयति ईच्छा नदेखाएकाले अहिले भने आफूहरुले नयाँ बस्तीमा विशेष लक्षित गरेको बताउनुभयो ।
यस काममा विना सामग्रीको करिब १ करोड ५० लाख रकम खर्च भएको उहाँको जिकिर छ । त्यस्तै लक्ष्मनवा भिस्वाहुदैँ गण्डकदेखि घुसुकपुरसम्म करिब २ करोड ७१ लाख र खुद्रातर्फ ५० लाख रकम खर्च भएको छ ।त्यस्तै पुरानो मुल बस्ती रहेको गहवा, आर्दशनगरका पुराना पाईपलाइन ३० देखि ५० वर्ष भईसकेकाले बढि समस्या भएका ठाउँहरुमा प्रदूषण नियन्त्रणका लागि काम भईरहेको प्रमुख महर्जनले बताउनुभयो ।