Logo

५ जेठ, वीरगञ्ज। सरकारको तर्फबाट संसदमा पेश गर्ने नीति तथा कार्यक्रम आज बसेको मन्त्रिपरिषदको बैठक पारित गरेको छ ।

सिंहदरवारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले आगामी आर्थिक बर्षका लागि सरकारले पेश गर्ने नीति तथा कार्यक्रम पास गरेको हो । उक्त कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेलले आज शुक्रबार बेलुकी ६ बजे संसदमा प्रस्तुत गर्ने कार्यक्रम छ ।

सरकारी ढुकुटी नभरिएको अवस्थालाई ध्यान दिँदै कृषि उत्पादन र रोजागरी सिर्जनामा केन्द्रित भएको नीति तथा कार्यक्रम ल्याउने तयारी गरेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यसपालिको नीति तथा कार्यक्रम र बजेट उत्पादन र रोजगारी सिर्जनामा केन्द्रित रहने बताउँदै आएका छन् ।


सम्बन्धित समाचार