Logo

जेठ १० वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले आजपनि सडक अतिक्रमण गरि निर्माण गरिएका संरचनामा डोजर चलाएको छ । वीरगञ्ज–२२ मनियारीस्थित अतिक्रमण गरि बनेका संरचनामा महानगरले डोजर चलाएको हो ।

गण्डक चोकबाट मनियारी हुँदै हाइवे जोड्ने सडक अहिले धमाधम निर्माणको क्रममा रहेको र सडकमा परेका संरचना नहटाउदाँ मनियारीमा सडक निर्माणमा अवरोध सिर्जना भएसँगै अतिक्रमित संरचनामा महानगरले डोजर लगाएर हटाएको हो । मनियारीमा ४ वटा पक्की घर र ३ वटा टहरा भत्काईएको महानगरप्रमुख राजेशमान सिंहका स्वकिय सचिव सत्यराज घिमिरे ले जानकारी दिनुभयोे ।


सम्बन्धित समाचार