Logo

२० जेठ,वीरगञ्ज । वीरगंज महानगरपालिका वडा – २६ आठराहा सुगौलीमा भएकाे शिविरमा 3 सय जनाभन्दा बढीले स्वास्थ्य परिक्षण गराएकाे रोट्रयाक्ट क्लब अफ वीरगंज मेट्रोपेलिसका अध्यक्ष रबिन श्रेष्ठले जनाएका छन ।

शिविरमा त्रिलोकी क्लिनिक वीरगंजका विशेषज्ञ चिकित्सक डा. सिभ कुमार झा, किरण आँखा अस्पतालका टिम र डा. अमर क्याल, सहारा डेन्टल केयर वीरगंजका डा. एहसान आलम अन्सारीले विरामीहरुकाे स्वास्थ्य परिक्षण गरेका थिए । वीरगञ्ज महानगरपालिका २६ अठराहा सुगौलीमा आयोजित शिविरमा हालसम्म ३ सय जनाभन्दा बढिले निशुल्क चेकजाँच गराएको क्लबका कम्युनिटी सर्भिस डाइरेक्टर आनन्द साह जनाएका छन ।

शिविरमा वीरगंज महानगरपालिका वडा २६ आठराहा सुगौलीका अध्यक्ष शम्भु मिश्रा लगायतकाे उपस्थिती रहेकाे थियाे । शिविरमा नेशनल मेडिकल कलेजका एमबीबीएस अध्यनरत विद्यार्थीहरुले प्राविधिक सहयाेग गरेका थिए ।


सम्बन्धित समाचार