Logo

२४ जेठ,वीरगञ्ज । भारतको केदारनाथ दर्शन गएकाहरु वीरगञ्ज फर्कर्ने क्रममा भएको सडक दुर्घटनामा परि मुत्यु हुनेको सङख्या ३ जना पुगेको छ । दुर्घटनामा घाईते भएका छपकैया निवासी रञ्जन गुप्ताको भारतको ऋषिकेषमा उपचारको क्रममा आज निधन भएसँगै मृत्यु हुनेको सङख्या ३ जना पुगेको हो ।

भारतको केदारनाथ दर्शन गरेर हरिद्वारतर्फबाट आउने क्रममा ज्येष्ठ १८ गते सडक दुर्घटनामा परेर दुईजनाको घटनास्थमै मृत्यु भएको थियो ।

केदारनाथ दर्शन गरी गाडी रिजर्ब गरेर वीरगञ्ज फर्कदै गर्दा बिच बाटोमा अगाडिको सवारीलाई ओभरटेक गर्न खोज्दा गाडी अनियन्त्रित भई पल्टिएर दुर्घटनामा परेको हो ।


सम्बन्धित समाचार