Logo

११ असार, काठमाडौं । भारतको ओडिसामा यात्रुबस दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ ।

आठ यात्रु गम्भीर घाइते भएका छन् ।सामाचार एजेन्सी एएनआईका अनुसार ओडिसाको गंजम जिल्लामा गएराति बस दुर्घटना भएको हो ।ओडिसा राज्यको सडक परिवहन निगमको बस र एक निजी बस ठोक्किएर दुर्घटना भएको हो ।

मृतकहरु निजी बसमा सवारहरु रहेको बताइएको छ । ओडिसाका मुख्यमन्त्रीले दुर्घटनामा दुःख व्यक्त गर्दै मृतकका परिवारलाई ३–३ लाख रुपैयाँ राहत उपलब्ध गराउने घोषणा गरेका छन् ।


सम्बन्धित समाचार