Logo

काठमाडौँ — राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा ९ एसईई नतिजा यसै साता अर्थात् असार २३ गते शनिबारसम्म सार्वजनिक गर्ने तयारी भइरहेको जनाएको छ ।

परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठले यही हप्ता नतिजा सार्वजनिक गर्ने लक्ष्यका साथ काम भइरहेको बताए । नतिजा रुजु र इन्ट्री गर्ने काम भइरहेको बोर्डले जनाएको छ । अन्तिम रुजु र इन्ट्री गर्ने प्राविधिक प्रकृतिको काम भएकाले लक्ष्य पूरा नै हुन्छ भन्ने एकिन हुँदैन । प्राविधिक समस्या नआए नतिजा प्रकाशन अर्को साता धकेलिन पनि सक्ने बोर्डका कर्मचारीले बताए । गत चैत १७ गतेदेखि सञ्चालित परीक्षामा ४ लाख ८५ हजार ३ सय ९६ विद्यार्थी सहभागी थिए ।

लेटर ग्रेडिङ निर्देशिका– २०७२ वा २०७८ अनुसार कुनमा नतिजा सार्वजनिक गर्ने समेत टुंगो लागिसकेको छैन । बोर्डको बैठकले मात्र त्यस विषयमा निर्णय गर्ने व्यवस्था छ । आइतबा सम्म बैठक डाकिएको छैन । गत वर्ष लेटर ग्रेडिङ निर्देशिका २०७८ कार्यविधि लागू भए पनि २०७२ अनुसार नै नतिजा प्रकाशित गरिएको थियो । यसपालि एसईई दिने विद्यार्थी पुरानो पाठ्यक्रमको अन्तिम व्याच हुन् । त्यसैले पुरानो निर्देशिका ९२०७२० अनुसार नै नतिजा प्रकाशन हुनुपर्ने बोर्ड सदस्यहरुको मत बलियो छ ।

निर्देशिका २०७८ मा सैद्धान्तिक विषयमा अनिवार्य ३५ प्रतिशत अंक ल्याउनु पर्ने व्यवस्था छ भने २०७२ मा सैद्धान्तिक र प्रयोगात्मकको अंक जोडेर ३५ प्रतिशत अंक ल्याएपनि विद्यार्थी पास हुने व्यवस्था गरिएको छ । नयाँ निर्देशिका २०७८ लागू हुँदा विद्यार्थी नन् ग्रेडिङमा पर्ने सम्भावना रहन्छ । गत वर्ष कक्षा १२ को नतिजा नयाँ निर्देशिका अनुसार सार्वजनिक गर्दा करिब ५० प्रतिशत विद्यार्थी नन्‌ग्रेडिङमा परेका थिए । दुई विषयसम्म नन् ग्रेडिङ परे तत्कालै ग्रेडवृद्धि परीक्षा दिन पाइने व्यवस्था छ भने त्यो भन्दा धेरै विषयमा नन्‌ग्रेडिङ भए अर्को वर्ष ती विषयको परीक्षा दिन पाइने व्यवस्था गरिएको छ । यसअघि दुई भन्दा धेरै विषयमा नन्‌ग्रेडिङ आए सबै विषयको परीक्षा दिनुपर्ने बाध्यता थियो ।

देशभरका २ हजार ३७ परीक्षा केन्द्रमा सञ्चालित परीक्षामा सामुदायिक र निजीका गरी १२ हजार ८३ विद्यालयका विद्यार्थी सहभागी थिए । ती मध्ये २ लाख ४२ हजार ७ सय १२ जना छात्रा र २ लाख ४२ हजार ६ सय ७४ जना छात्र रहेका छन् । कक्षा ९ देखि प्राविधिक धार समेत पठनपाठन गराउँदै आएका ५ सय ५ विद्यार्थीका १५ हजार ४ सय ६१ जना परीक्षार्थी पनि एसईईमा सहभागी थिए ।

७७ वटै जिल्लामा ७७ हजार ९ सय ९२ जना जनशक्ति परिचालन गरेर परीक्षा लिइएको श्रेष्ठले जनाए । परीक्षा सकिएपछि जिल्ला सदरमुकाममा केन्द्र तोकेर उत्तरपुस्तिका परीक्षण गरिएको थियो । ६ वटा अनिवार्य विषयका प्रश्नपत्र प्रदेशअनुसार फरक फरक थिए । विद्यार्थीले आफूले पढेभन्दा फरक विद्यालयको परीक्षा केन्द्रबाट परीक्षा दिने व्यवस्था मिलाइएको थियो ।

कोरोनाकालमा विद्यार्थीले होमसेन्टर ९आफूले पढेकै विद्यालय० बाटै परीक्षा दिएका थिए । दृष्टिविहीन र प्राविधिक धार तर्फका विद्यार्थीका लागि भने घरपायक परीक्षा केन्द्र कायम गरिएको थियो । दृष्टिविहीन स्रोत कक्षामा नै उपकेन्द्र कायम गरिएको हो । स्रोत कक्षा नजिकको परीक्षा केन्द्रले ती विद्यार्थीको परीक्षा लिएका थिए । ५५ जना दृष्टिविहीन विद्यार्थीले एसईई दिएका थिए । गत वर्षसम्म दृष्टिविहीन विद्यार्थी पनि अभिभावकको सहारामा परीक्षा केन्द्रसम्म पुग्नुपर्ने बाध्यता भयो ।


सम्बन्धित समाचार