Logo

१७ असार,वीरगञ्ज । लागुऔषध ओसार–पसार गरेको आरोपमा प्रहरीले वीरगञ्जको १ जना सहित १० जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा दुईजना विदेशी छन् । ४१ वर्षीय माल्दोभियन नागरिक डेनिस फुकेरेभीलाई ८ किलो ७४० ग्राम चरेशसहित पक्राउ गरिएको लागुऔषध नियन्त्रण ब्यूरोका प्रवक्ता एसपी चक्रराज जोशीले बताउनुभयो ।
यमनका नागरिक मोहम्मद याह्य अब्दो मोहम्मद २१ केजी १६० ग्राम लागुऔषध खातसहित पक्राउ परेका छन् ।

ब्यूरोले वीरगञ्जबाट अनिल सिंह, सिराहबाट विवेक ठाकुर र सत्यानारायण कारक, झापाबाट भानुभक्त लिङ्देन, रुपन्देहीबाट कमामुद्दिन मुसलमानलाई पक्राउ गरेको छ । बाँकेको नेपालगञ्जबाट रन्जन खान र चादे राई पक्राउ परेका छन् ।
वीरगञ्जबाट पक्राउ परेका २० वर्षीय अनिल सिंहको साथबाट १४ सय ७० थान नाइट्रोभेट ट्याब्लेट बरामद गरेको छ ।

रन्जन र चादेको साथबाट प्रहरीले २० ग्राम खैरो हेरोइन बरामद गरेको छ । सिरहाबाट पक्राउ गरिएका २० वर्षीय विवेक ठाकुर र सत्यनारायणको साथबाट ६२ ग्राम खैरो हेरोइन बरामद गरिएको छ ।
झापाको शिवसताक्षी नगरपालिका घर भएका ४५ वर्षीय भानुभक्त लिङ्देनको साथबाट ३२ ग्राम र नाइट्रोभेट ट्याब्लेट ९ थान बरामद गरिएको एसपी जोशीले जानकारी दिए । ३५ वर्षीय कमामुद्दिनको साथबाट नाइट्राभेट, स्पास्मो २ सय क्याप्सुल र कोरेक्स २ लिटर बरामद गरिएको छ ।


सम्बन्धित समाचार