Logo

१७ असार,चितवन । पहिरोका कारण गत रातिदेखि फेरि अवरुद्ध भएको मुग्लिन–नारायणगढ सडक आइतबार अपराह्नसम्म पनि सञ्चालनमा आएको छैन ।

राति १२ बजेतिर तुइन खोला नजिकै सडकमा ढुंगा खसेपछि आइतबार दिनभर अवरोध हटाउने प्रयास गरिएको छ ।
आइतबार बिहानैदेखि भरतपुर सडक डिभिजन कार्यालयका प्रमुख सागर कार्कीको नेतृत्वमा टोली घटनास्थलमा पुगेर अवरोध हटाउने प्रयास भएको छ । डिभिजन कार्यालयका अधिकारीहरूका अनुसार आइतबार साँझ ५ बजेसम्म सडक खुल्नसक्ने अनुमान गरिएको छ ।


सम्बन्धित समाचार