Logo

२१ असार,वीरगञ्ज । रौतहट प्रहरीले ६ जना फरारको सूचीमा रहेका प्रतिवादीलाई पक्राउ गरेको छ । जिल्ला अदालत रौतहटको फैसला कार्यान्वयन अन्तर्गत कैद तथा जरिवाना सजाय भई फरार रहेका ६ जना प्रतिवादीलाई प्रहरीले विभिन्न स्थानबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा कुटपिट मुद्दाको फरार प्रतिवादीहरू रौतहटको गढिमाई नगरपालिका ८ बरियारपुरका दिनेश राय यादव, सतेन्द्र राय यादव, नवल राय यादव, रामबिश्वास यादव र बिगु राय यादव रहेको रौतहटका प्रहरी नायब उपरिक्षक एवम् सूचना अधिकारी उमाशंकर प्रसाख यादवले जानकारी दिनुभयो ।

यसैगरी लुटपाट सम्बन्धि कसुर मुद्दाका फरार प्रतिवादी रौतहट गढिमाई वडा नंं ५ मदनपुरका देवनारायण राम चमार पनि पक्राउ परेका सूचना अधिकारी यादवले बताउनुभयो ।
पक्राउ परेका ६ जनालाई आवश्यक कारबाहीको लागि जिल्ला अदालत रौतहटमा बुझाईएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।


सम्बन्धित समाचार