Logo

२६ असार, बारा । बाराको अम्लेखगंजमा दुर्घटनाग्रस्त ट्रकमा १ सय ५ किलो गाँजा फेला परेको छ ।

दुर्घटनामा परि पल्टिएको ट्रकको फ्लस डब्बा भित्र प्लास्टिकको ५ वटा बोरामा लुकाई छिपाई राखेको अवस्थामा लागु औषध गाँजा १०५ किलो बरामद भएकाे जिल्ला प्रहरी कार्यालय बाराका प्रबक्ता प्रहरी नायब उपरिक्षक पुरुषोत्तम पाण्डेले जानकारी दिनुभयो ।

जिल्ला प्रहरी कार्यालय बारा र ईलाका प्रहरी कार्यालय अमलेखगंज बाराबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले पुर्ब पश्चिम लोक राजमार्ग सडक खण्डको चुरियामाई मन्दिर नजिक सडकको पुर्ब साईडको नालामा ना १ क ३२०५ नम्वरको ट्रक पल्टिएको अवस्थामा फेला परेको थियो ।

ट्रकका चालक तथा सह–चालक पल्टिएको ट्रक छाेडेर फरार भएकाे  जिल्ला प्रहरी कार्यालय बाराले जनाएकाे छ ।

ट्रक नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय सिमरामा राखिएको र ट्रक चालक लगायत उक्त घटनामा संलग्न रहेका व्यक्तिहरुको खोज तलास भईरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

ट्रकमा लागू औषध गाँजा लुकाई छिपाई पर्साकाे वीरगञ्ज लैजादै गरेकाे भन्ने बिशेष सुचनाको आधारमा प्रहरी खटिएको र उक्त ट्रक चुरियामाइ नजिक पल्टिएकाे अवस्थामा फेला परेको प्रहरीले जनाएकाे छ ।


सम्बन्धित समाचार