Logo

३ साउन, काठमाडौं । सरकारले पटक पटक हस्तक्षेप गरेपछि मानवीय सेवामा काम गर्दै आएको अन्तर्राष्ट्रिय संस्था नेपाल रेडक्रस सोसाइटी अझै विवाद मुक्त हुन सकेको छैन ।

रेडक्रसका पूर्व अध्यक्ष डा. नेत्र प्रसाद तिमल्सीनाको नेतृत्वमा एउटा समूहले तदर्थ समिति गठन गरेको लगतै सत्तारुढ दल निकट मानिने सुर्दशन नेपालको नेतृत्वमा अर्को समानन्तर कार्यसमिति बनाइएको छ ।

सरकारमा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी निकटले बनाएको तदर्थ समितिको विरुद्धमा प्रमुख प्रतिपक्ष एमाले निकटबाट अर्को तदर्थ समिति यस अघि नै बनेको छ ।

सत्ता पक्षबाट बनेको तदर्थ समितिको नेतृत्वमा सुदर्शन नेपाल छन् भने अर्को पक्षबाट बनेको समितिमा डा. नेत्र तिम्सिना छन् ।

असार २७ र २८ का लागि संस्थाले गर्न लागेको निर्वाचन अदालतले रोकिदिएको छ । तिम्सिना पक्षले असार २६ मा सर्वसम्मत रुपमा ३३ सदस्यीय तदर्थ समिति बनाएको छ । तत्कालीन नेकपाबाट केपी शर्मा ओली प्रधानमन्त्री हुँदा तिम्सिनालाई तदर्थ समितिको अध्यक्ष बनाइएको थियो । समयमा निर्वाचन गर्न नसकेको भनि उनको समितिलाई भंग गरेर कांग्रेस सभापति शेरबहादुर देउवा प्रंधानमन्त्री हुँदा नेपाल नेतृत्वको समिति बनाइएको थियो ।

अदालतको पत्रको आधारमा निर्वाचन रोकिएपछि मंगलबार (साउन २ मा) सुर्दशन नेपाल पक्षले ३३ सदस्यीय कार्यसमिति बनाएको छ । भागवण्डाको आधारमा तदर्थ समिति बनाउने गठबन्धनको पूर्व निर्णय अनुुसार तीन दल निकटबाट तदर्थ समिति बनाइएको छ ।

सत्ता गठबन्धन निकट तदर्थ समितिको पदभार बुधबार राखिएको छ । अध्यक्ष सुदर्शन नेपालको नेतृत्वमा कांग्रेस, माओवादी र एकिकृत समाजवादी निकटका व्यक्तिहरुको सहभागीतामा बनेको नयाँ तदर्थ समितिले आजै पदभार सम्हाल्ने भएका छन् ।

नेपालको नेतृत्वमा महिला उपाध्यक्ष राधा नेपाली, खुल्ला उपाध्यक्ष सुरेन्द्र ऐर, महामन्त्री भुपतिलाल श्रेष्ठ, कोषाध्यक्ष वीरबहादुर बस्नेत, उपमहामन्त्री मनोजकुमार थापा, उपकोषाध्यक्ष डोलराज पाण्डे पदाधिकारी रहेका छन् ।

प्रदेशतर्फ कोशीबाट कृष्ण प्रसाद न्यौपाने, बाग्मती प्रदेशबाट राजेन्द्रमान ताल्चाभडेलू, लुम्बीनी प्रदेशबाट अनुपकुमार श्रेष्ठ, सुदुरपश्चिम प्रदेशबाट लक्षीराम कुँवर,
कर्णाली प्रदेशबाट रामलाल आचार्यलाई चयन गरिएको छ ।

नेपाल रेडक्रसको खुला सदस्यमा विष्णुराज नेपाल, उत्तम जोशी, विनोद बस्नेत, उमेश थापा, प्रा.डा. कृष्णप्रसाद गौतम, सपुतबहादुर कार्की, हरिप्रसाद पौडेल, यौवनप्रकाश श्रेष्ठ, गुमानराज पुलामी, विरेन्द्रराज कँडेल, शिवराम खत्री, नारायणप्रसाद तिमिल्सिना, नरेशप्रसाद सिंह, नौलसिं पुन, शिवकुमार कार्की, मोहनकुमार श्रेष्ठ रहेका छन् ।

यता एमाले निकट रेडक्रसकर्मीहरुले काठमाडौँमा सम्पन्न विशेष महाधिवेशनबाट तिम्सिना अध्यक्ष रहेको ३३ सदस्यीय कमिटी घोषणा गरेका छन ।

कमिटीको महिला उपाध्यक्षमा चन्द्रकला कार्की, उपाध्यक्षमा विशाल भण्डारी, महामन्त्रीमा दीपेन्द्रराज ढकाल, कोषाध्यक्षमा सीताराम कोइराला, उपमहामन्त्रीमा जगदीश भट्टराई र उपकोषाध्यक्षमा होमप्रसाद पाठक रहेका छन् ।


सम्बन्धित समाचार