Logo

२० साउन,वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नम्बर ९ देखि रेल्वे रोडसम्म वृक्षारोपण गरिएको छ । राष्ट्रपति चुरे तराई मधेस संरक्षण बिकास समिति भरतपुर चितवन र वीरगञ्ज आर्दशनगरस्थित ग्रिनसिटी सामुदायिक सेवा केन्द्र तथा ग्रिनसिटी सामुदायिक प्रहरी सेवा केन्द्रको आयोजना एवम् वीरगञ्ज महानगरपालिकाको सहयोगमा वृक्षरोपण गरिएको हो ।

ग्रिनसिटी सामुदायिक सेवा केन्द्र आर्दशनगरका अध्यक्ष जयप्रकाश खेतानको अध्यक्षतामा आयोजित कार्यक्रममा बेलपत्र ४० थान, म्यागोस्टिक १५० थान, कल्की ६० गरि जम्मा २५० बिरुवा रोपिएको थियो ।

कार्यक्रममा श्री जंग गण वीरगञ्जका प्रमुख सेनानी डाइमण्ड कार्की, जिल्ला प्रहरी कार्यलय पर्साका प्रहरी नायब उपरिक्षक दिपक गिरी, वडा प्रहरी कार्यलय विर्ताका प्रहरी निरिक्षक बिदुर प्रसाद शिवाकोटी, सामाजिक अभियन्ता, उद्यमी, सञ्चारकर्मी तथा ग्रिनसिटीका पदाधिकारीहरुको उपस्थिती रहेको ग्रिनसिटी सामुदायिक सेवा केन्द्रका अध्यक्ष जयप्रकाश खेतानले जानकारी दिनुभयो ।


सम्बन्धित समाचार