Logo

५असोज,काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को अध्यक्षमा चतुरबहादुर चन्द निर्विरोध निर्वाचित भएका छन्। यसअघि पनि अध्यक्ष रहेका चन्दको यो दोस्रो कार्यकाल हो।

शनिबार जारी क्यानको निर्वाचन प्रक्रियाका लागि अध्यक्षका प्रत्यासी विनयराज भण्डारीले उम्मेदवारी नै दर्ता नगरेपछि चन्द निर्विरोध निर्वाचित भएका हुन्।

यसैगरी क्यानको उपाध्यक्षमा रोशनबहादुर सिंह र कोषाअध्यक्षमा पदमबहादुर खड्का पनि सर्वसम्मत चयन भएका छन्। सिंह यसअघि कोषअध्यक्ष थिए।

महिला सदस्य पदमा पनि उम्मेदवारी नपरेपछि जयन्ती भट्ट सदस्य पदमा निर्विरोध निर्वाचित भएकी छिन् । उनी सुदूरपश्चिम प्रदेशबाट आएकी हुन्।

यसैगरी क्यानको सचिवका लागि पूर्वकप्ता पारस खड्काले उम्मेदवारी दर्ता गराएका छन्। उनी चन्दकै प्यानलबाट उम्मेदवार बनेका हुन्। सचिवमा खड्काविरुद्ध केन्द्रीय सदस्य प्रशान्त विक्रम मल्लले मनोनयन दर्ता गराएका छन्।

नयाँ नेतृत्वको लागि शनिबार नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा दिउँसो १२ बजेदेखि मतदान सुरु हुने बताइएको छ। साधरणसभा तथा बन्द प्रशिक्षण शुक्रबार सम्पन्न भइसकेको छ।


सम्बन्धित समाचार