Logo

६ असोज,काठमाडौं । पूर्वखेलाडी पारस खड्का नेपाल क्रिकेट संघ (क्यान)को सचिवमा विजयी भएका छन् । शनिबार भएको क्यानको निर्वाचनमा अर्का प्रतिस्पर्धी प्रशान्त विक्रम मल्ललाई पराजित गर्दै खड्का सचिवमा निर्वाचित भएका हुन् ।

अन्तिम मत परिणाम अनुसार कुल खसेको ८५ मतमध्ये पारसले ४८ मत प्राप्त गरे भने प्रशान्तले ३७ मत प्राप्त गरे । बागमती प्रदेश क्रिकेट संघको अध्यक्ष समेत रहेका पारस खड्का क्यानको सचिवमा अध्यक्ष चतुरबहादुर चन्दको प्यानलबाट उठेका थिए ।

क्यानको अध्यक्षमा चुतरबहादुर चन्द निर्विरोध निर्वाचित भएका छन् । उपाध्यक्षमा रोशन सिंह र कोषाध्यक्षमा पदमबहादुर खड्का निर्विरोध निर्वाचित भए । महिला सदस्यमा जयन्तीदेवी भट्ट र प्रदेशबाट निर्वाचित हुने कार्यसमिति सदस्यमा कर्णालीबाट श्रीधर केसी, लुम्बिनीबाट प्रदिप मजगैया निर्विरोध भए ।


सम्बन्धित समाचार