Logo

८ असोज, वीरगञ्ज । बीरगञ्ज महानगर राधेमाइकी सरोज देवी राम । जो एक दलित समूदायकी हुन । राधेमाइमा उनको सामान्य परिवार छ । सरोजका अनुसार २ वर्ष अगाडिसम्म ४ जना रहेको उनको परिवारमा भने ठूलो बज्रपात प¥यो ।

त्यो बज्रपातले उनको कलिलो छोरीलाई सधैका लागि सरोजबाट दूर ग¥यो । अर्थात् ०७८ सालको जेठ महिनाको १९ गते उनको छोरीको मृत्यु भयो । त्यसपछि अहिले उनको परिवार ३ जना सीमित भएको छ । त्यही छोरीको वियोगमा व्याकुल राम भने छोरीको हत्याराहरुलाई कानुनी दायरामा ल्याउन प्रयासरत छिन ।

दोषीलाई कठघेरामा उभ्याइ छाड्ने सपना बुनिरहेकी सरोजलाई भने प्रहरी, प्रशासन र अदालतबाट सहयोग मिलिरहेको छैन जसकाकारण उनको सपनामाथि कुठाराघात भएको छ । त्यसको बाबजुद पनि न्यायको भिख माग्न विवश छिन् ।

घटना के भएको थियो  ?

बीरगन्ज राधेमाइकी सरोज धोबनी गाउँपालिका वडा नंं ३ को स्थायी बासिन्दा हुन् । थोरै पैसा जम्मा भएपछि छोराछोरीको उज्जवल भविष्यको सपना बुन्दै बीरगन्जको राधेमाइमा उनले ५ धुर जग्गा खरिद गरिन् ।

उनले किनेको जग्गा चौरसियाहरुको बाहुल्यता भएको टोल हो । तर उनी परिन दलित । हो, यहीबाट सुरु हुन्छ उनको दर्दनाक घटनाको कहानी । गैरदलित समुदायको बसोवास भएको ठाउँमा जग्गा खरिद गरेको मन नपरेपछि छिमेकमा रहेका चौरसियाहरुसंग उनको पर्न थाल्यो–विवाद । सरोजका अनुसार सामान्य विवाद हुँदा चौरसियाहरु सबै मिलेर कुटपिट गर्न थाले । यो रवैया तबसम्म रोकिएन जबसम्म उसको छोरीको मृत्यु भएन ।

०७७ सालको पुस महिनामा सरोजदेवी रामसँग नरेश प्रसाद चौरसियाको विवाद भयो । त्यो विवादमा विपक्षी चौरसिया पक्षले सरोज राम, उनका श्रीमान गुदर राम र छोरी निभा राममाथि बाँसको लाठी र मुक्काले प्रहार गरी गम्भीर चोट पु¥याए ।

आमा सरोजदेवी भन्छिन्, ‘यही कुटपिटका कारण उनको छोरीको छातीमा रगत जम्यो, जसबाट छोरी निभाको मृत्यु भयो ।’ अनि थालिन–सरोजदेवीले न्यायको ढोका ढक्ढक्याउन ।

न्याय दिने राज्यका अंगले के गरे ?

न्यायको गुहार माग्दै सरोजदेवीको पहिलो पाइला प¥यो –बीरगन्जको सिडिओ कार्यालयमा । जहाँ उनले आफूमाथि भएको अन्याय सबै व्यहोरा लेख्दै न्याय दिलाउन अपील गरिन ।

उनको अपील अनुसार सिडिओ कार्यालयले कदम पनि चाल्यो । तर त्यो कदम उपलब्धीमूलक तब भएन जब हाम्रै टोलमा रहेका सांसद विपक्षमा उभिए । उनको आरोप–‘सांसदनै विपक्षीको समर्थनमा आएपछि प्रशासन पनि पल्टयो, अनि हामीलाइ थामथुम पारेर घर पठाइयो ।’

सरोजलाई पहिलो पाइलामा ब्रेक लाग्यो । तर उनी मानिन् । दोस्रो कदम उठाइन् । र, पुगिन कर्तव्य ज्यानको जाहेरी बोक्दै पर्सा प्रहरीमा । जहाँ उनको घाँउमा मलम लगाउने कार्य भयो । अर्थात् उनले दिएकी १० जनाविरुद्धको जाहेरी दर्ता भयो ।

जाहेरी दर्ता भएपछि सरोजलाई लाग्यो–अब छोरीको हत्यारालाई कारबाही हुन्छ, छोरीलाई न्याय मिल्छ । तर यो सपना पनि चक्नाचुर भयो अदालतको एक फैसलाले । जाहेरीमाथिको बहसपछि जिल्ला अदालतले प्रतिवादी चौरसियालाई सामान्य धरौटीमा छाड्न आदेश दियो ।

त्यसपछि उनको मुटुको धडकनको गति सामान्य बन्न सकेको छैन । न्याय पाउँने आसामा सरोज भौतारिदैछिन् कहिले प्रहरी, कहिले उच्च अदालत त कहिले मिडियासामू । तैपनी उनको मुटुको धडकनको वेग ७२ पटकमा झर्न सकेको छैन ।

कहाँ पाइन्छ न्याय ?

उनका भनाई अनुसार फरार प्रतिवादीहरु अझै पक्राउ परेका छैनन् । अदालतले फरार प्रतिवादीलाई पक्राउ गर्नु भनेर प्रहरीलाई पत्राचार गरेको छ, तर प्रहरीले अझै सम्म उनीहरुलाई समातेको छैन । दलित भएकै कारण टोलमा बस्न नसक्ने अवस्थामा रहेकी सरोजदेवीको परिवारले छोरी गुमाएको पीडा त छदैछ ।

अहिले पनि सुरक्षित रुपमा आफ्नो घरमा बस्न सक्ने अवस्था छैन, स्थानीय प्रशासन, प्रहरी र अदालतबाट समेत न्याय पाउँन नसके बताउने सरोजदेवीलाई कसले न्याय दिने हो ? उनी भन्छिन सरकारी अड्डाबाट न्याय पाउँन सकिन मिडियामा दुखेसो राख्यो भने सिंहदरवारमा रहेको सरकारले मेरो कुरा थाहा पाउँछ कि, त्यहीँ भएर मिडियामा आएकी हुँ ।

संविधान र कानूनमा दलित भएकै कारण कुनै विभेद गर्न पाइदैन भनिएको छ तर व्यवहारमा आहिले पनि दलित माथि गैरदलितले अपमानित गर्ने र अमानविय व्यवहार गर्ने गरका घटना बाहिर आउने गरेका छन् । कानूनमा भएको व्यवस्था सरकारका अंगले न्यायोचित रुपमा कार्यान्वयन गर्न नसक्दा समाजमा दलितले बाच्न सक्ने अवस्था नभएको सरोजदेवीको भनाई छ ।


सम्बन्धित समाचार