Logo

२५ असोज,वीरगञ्ज । सँगै काम गर्ने सहकर्मीलाई पेट्रोल छर्केर आगो लगाई फरार रहेका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले पर्सा घर भई हाल ललितपुर महानगरपालिका–१७ ग्वार्को बस्ने २६ वर्षीय शिबु भन्ने सुवास विकलाई पक्राउ गरेको हो ।

विकले गत असोज २२ गते ग्वार्को बाफलस्थित एसबी ह्याण्डग्राफीमा काम गर्ने २४ वर्षीय अरुण विश्वकर्मालाई पेट्रोल छर्केर आगो लगाएका थिए । घटनामा आगो सल्केर अन्य दुईजना पनि घाइते भएका छन् । उनीहरूको कीर्तिपुर बर्निङ अस्पतालमा उपचार भइरहेको छ ।

घटनापछि फरार रहेका विकलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले काठमाडौँको सुन्धाराबाट पक्राउ गरेको थियो ।

कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले विकलाई थप अनुसन्धानका लागि प्रहरी वृत्त सातदोबाटो पठाइएको बताए ।


सम्बन्धित समाचार