Logo

२८ असोज,काठमाडौं । एसीसी यू–१९ प्रिमियर कपमा नेपालले लगातार दोस्रो जित निकालेको छ। मलेसियाको बायोमास ओभलमा टस जितेर पहिला ब्याटिङ रोजेको बहराइन ३७ ओभर ५ बलमै ७७ रनमा अल आउट भयो ।
आज सम्पन्न खेलमा नेपालले बहराइनलाई ७ विकेटले पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको हो।

बहराइनले दिएको ७८ रनको लक्ष्य पछाएको नेपालले १२ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पूरा गरेको थियो। पहिलो ओभरमा २ विकेट गुमाएको नेपालले १० रन बनाउदै तेस्रो विकेट पनि गुमाएपछि कप्तान देव खनाल र अर्जुन कुमालले नेपालको ब्याटिंग सम्हाल्दै जित दिलाएका थिए। देव खनालले अविजित ३० रन बनाए भने अर्जुन कुमालले अविजित ३२ रन बनाएका थिए।

बहराइनलाई अलआउट गर्न नेपाली बलर दिपेश कडेलले ६ विकेट लिएका थिए । दिपेशले ९ दशमवल ५ ओभरमा ८ ओभर मेडनसहित ४ रन दिएर ६ विकेट लिएका थिए। त्यसैगरी दुर्गेश गुप्ताले ८ ओभरमा एक मेडनसहित २२ रन दिएर ४ विकेट लिएका थिए।

नेपालले आउँदो २ गते साउदी अरेबियासँग खेल्नेछ । प्रतियोगितामा शीर्ष तीन टोलीले पाकिस्तानमा आउँदो डिसेम्बरमा हुने एसिया कप खेल्न पाउनेछन् । हरेक समूहका शीर्ष टोली सेमिफाइनलमा पुग्नेछन् । समूह ’ए’ मा नेपाल १ खेलमा २ अङ्ककासाथ शीर्ष स्थानमा छ ।

समान खेलकासाथ २ अङ्क नै भए पनि साउदी अरेबिया दोस्रो स्थानमा छ । बहराइन र इरान भने जितविहीन हुँदै तेस्रो र चौथो स्थानमा छन् ।


सम्बन्धित समाचार