Logo

असोज,२८ । वीरगन्जको नारायणी क्रिकेट रंगशालामा जारी वीरगन्ज सुपर सिक्स क्रिकेट लिग टुर्नामेन्ट प्रतियोगिता आईतबार देखि सुरु भएको छ ।

प्रतियोगितामा सभागि भएका पत्रकार टीम सेमीफाइनलमा प्रवेश गरेको छ । आफ्नो पहिलो खेलमा पत्रकारहरुको टीम निम्बुस ग्रुप विरुद्ध टोस् हारेर पहिलो ब्याटिङ गर्दै पाँच ओभरमा ३३ रनको योगफल तयार पारेको थियो । पत्रकारहरुको टीमबाट सदाम हुसेनले १९ रनको योगदान दिएका थिए अरु खेलाडीहरुले पनि राम्रो खेलको प्रदर्शन गरेका थिए ।

जवाफी ब्याटिङमा उत्रेको निम्बुस ग्रुप सुरुमा खराब प्रदर्शन गरेको थियो । उसले खेलको पहिलो ओभरमै २ विकेट गुमाई सकेको थियो । निम्बुस ग्रुपलाई अन्तिम ओभरमा जीतको लागि ४ रनको आवश्कता रहेको थियो । पत्रकारहरुको टीमबाट अन्तिम वोभरको पहिलो बलमै विशाल पटेल अन्तीम बिकेट लिएर खेल आफ्नो पछमा पारे । पहिलो खेलमा पत्रकार कामेश्वर साह मैन अफ दि म्याच घोषित भएका थिए ।

यसैगरी पत्रकारहरुको टीम आफ्नो दोस्रो खेलमा वीरगन्ज बजारलाई २३ रनले हराएर सेमीफाइनलमा प्रवेश गरेको हो । दोश्रो खेलमा पत्रकारहरुको टीमले टास जीतेर पहिलो ब्याटिङ गर्दै पाँच ओभरमा ५६ रनको योगफल तयार पारेको थियो ।

ओपन ब्याटिङ्ग गर्न गएका सदाम हुसेनले ३१ रनको तुफानी पारी खेलेका थिए । जवाफी ब्याटिङमा उत्रेको वीरगन्ज बजार ५ ओभरमा जम्मा ३४ रन बनाउन सक्यो । दोश्रो खेलमा पत्रकारका सदाम हुसेन प्लेयर अफ दि म्याच घोषित भए । यसैगरी अर्को सेमफाइनलमा अग्नि ग्रुप प्रवेश गरेको छ । सेमी फाइनल र फाइनल खेल भोली सोमबार हुने आयोज वीरगन्ज युथ सपोर्ट एकेडेमीका फिरोज अन्सारीले जानकारी दिएका छन ।


सम्बन्धित समाचार