Logo

२९ असोज,वीरगञ्ज । पर्सा राष्ट्रिय निकुञ्जको खोरमा राखिएको एउटा बघिनीको मृत्यु भएको छ । निकुञ्जको खोरमा राखिएको ३ वटा बाघमध्ये एउटा बघिनीको मृत्यु भएको हो ।खोरमा राखिएको बघिनी अत्यन्तै दुब्लो, कमजोर र घाइते भएका कारण मृत्यु भएको पर्सा राष्ट्रिय निकुञ्जको भनाइ छ ।

निकुञ्जका सहायक संरक्षण अधिकृत सन्तोष भगतका अनुसार बिहीबार बिहान खोरको निरीक्षण गर्न पुगेका निकुञ्जकर्मीले बघिनीलाई मृत फेला पारेका थिए ।सामान्यतया शारीरिक रूपमा कमजोर भएर जंगलमा सिकार गर्न नसक्ने भएपछि आहाराका लागि जंगल बाहिर नजिकको मानव बस्तीमा प्रवेश गरेको बघिनीले एक जनाको ज्यान लिएको हो,’ सहायक संरक्षण अधिकृत भगतले भने ।

उनका अनुसार दुई वटा बाघ राख्ने क्षमता भएको खोरमा ३ वटा बाघ राख्नुपर्दा पनि निकुञ्जको खोर अत्यन्तै दुर्गन्धित थियो ।बघिनीको उमेर करिब ८ वर्षको रहेको निकुञ्जको भनाइ छ ।

‘केही दिन यता उसले आहारा पनि कम खाइरहेको थियो, कमजोर र शिथिल पनि भइसकेको थियो,’ भगतले भने, ‘सामान्यतया बाघ बिरामी भएपछि उसले आहारा कम खाने वा पूर्ण रूपमा खान बन्द गर्छ, हामीले उसको उपचारको प्रयास पनि गरेका थियौँ, तर सम्भव भएन ।’

मृत्युपछि निकुञ्जकै पशु चिकित्सकले पोष्टमार्टम गरी निकुञ्ज कार्यालय परिसरमा बघिनीलाई गाडिएको हो।


सम्बन्धित समाचार