Logo

२ कात्तिक,काठमाण्डौ । हङकङलाई हराउँदै घरेलु मैदानमा जारी युएई सम्मिलित टी–२० आई त्रिकोणात्मक सिरिजमा नेपालले लगातार दोस्रो जित निकालेको छ।

बिहिबार भएको खेलमा हङकङलाई ६ विकेटले हराउँदै नेपाल ४ अंकमा तालिकाको शीर्ष स्थानमा छ। हङकङले दिएको ९५ रनको मध्यम लक्ष्य नेपालले १३.५ ओभरमा ४ विकेट गुमाउँदै भेट्टायो। नेपालका लागि ओपनर आशिफ शेखले सर्वाधिक ४२ रन बनाउँदा क्याच आउट भए। ३४ बलको सामना गरेका आशिफले ६ चौका हाने।

कप्तान रोहित पौडेल २ छक्का र गुलसन झा १४ रनमा नटआउट रहे।२० बलको सामना गरेका रोहितले १ चौका र २ छक्का हाने। गुलसनले ५ बलमा २ छक्का प्रहार गरे।

ओपनर कुशल भुर्तेल ८ रनमा बोल्ड आउट भए। सन्दिप जोरा ३ तथा कुशल मल्ल १ रनमा बोल्ड आउट भए।हङकङका इसान खानले ३ विकेट लिए। यासिम मुर्तजाको नाममा एक विकेट रह्यो।

त्यसअघि माथिल्लो मुलपानी क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको हङकङले निर्धारित १९.३ ओभरमा ९४ रनमा समेटिएको थियो।नेपालका करण केसी एक्लैले चार विकेट लिए। किफायती बलिङ गरेका करणले आफ्नो स्पेलमा मात्र १५ रन दिए।

करण केसीले ओभरको पहिलो बलमा नै ओपनर तथा कप्तान निजाकात खानलाई बोल्ड आउट गरे। अर्का ओपनर अशुं रथलाई ७ रन बनाउँदा करणले आशिफ शेखको हातबाट क्याच आउट गराए।

इजाज खानलाई ७ रनमा क्याच आउट गराएका करणले हरोन हर्सदलाई बोल्ड आउट गरे।अविनास बोहोरा र सोमपाल कामीले समान दुई विकेट आफ्नो नाममा गरे। कुशल मल्ल, मौसम ढकालले समान एक एक विकेट लिए।

हङकङका लागि याशिम मुर्ताजाले सर्वाधिक ३६ रन बनाए। ३६ बलको सामना गरेका उनले २ चौका र १ छक्का हाने।जिसान अलीले १७ रन थपे। अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्।

डबल राउण्ड रोविनमा हुने सिरिजको शीर्ष २ मा रहने टोलीले फाइनलमा भिड्नेछन्। नेपालले सिरिजको अर्को खेलमा शनिबार युएईसँग खेल्नेछ।


सम्बन्धित समाचार