Logo

१० कात्तिक,जनकपुर । कराते प्रशिक्षकहरुको भेलाबाट धनुषा जिल्ला रेफ्री कमिशन गठन गरिएको छ ।वरिष्ठ प्रशिक्षक रामबाबु साहको संयोजकत्वमा ९ सदस्यीय धनुषा जिल्ला रेफ्री कमिशन गठन गरिएको हो ।

धनुषा जिल्ला रेफ्री कमिशनको सह–संयोजकमा अखिल मढी, सचिवमा सुभाष कुमार शर्मा, सह–सचिवमा राजुकान्त कापड रहेका छन् ।त्यस्तै सदस्यहरुमा निश्चल सिंह, मनोज दुनवार, बाल्मिकी भगत, दिपेन्द्र कुमार कर्ण र पृथ्वीमान लामा रहेको नेपाल कराते महासंघ धनुषाका अध्यक्ष विरेन्द्र कर्णले जानकारी दिए ।


सम्बन्धित समाचार