Logo

१० कात्तिक,सेढवा । न्यू एभरेष्ट क्लब परसवाद्वारा आयोजना हुने सातौ परसवा गोल्ड कप ०८० को तयारी अन्तिम चरणमा पुगेको छ । हरेक फिफा वल्र्ड कप पश्चात हुने परसवा गोल्ड कपको सातौ संस्करण कात्र्तिक ११ गते भोली शनिवारदेखि सुरु हुदैछ ।

पर्साको जिराभवानी गाउँपालिका वडा नं ३ स्थित खेलमैदानमा हुने प्रतियोगितामा १२ वटा टिमको सहभागिता रहने जनाइएको छ । जसमा सेढवा, पकडीटोला, परसवा, ठोरी –१, बुद्धनगर, निचुटा, पटेर्वासुगौली देकुली र सिद्धपुर गरी ८ टिम पर्सा जिल्लाबाट सहभागि छन् ।

त्यस्तै निजगढ, बकुलिया र मनहर्वा गरी बाराका तीन र बिहारको एक इनरवाको टिमको सहभागिता रहेको आयोजकले जनाएको छ । प्रतियोगिताको बिजेता टिमलाई नगद २ लाख ५० हजार र ट्रफी पुरस्कार दिने आयोजक संस्थाका अध्यक्ष उमाकान्त चौधरीले बताए ।

त्यस्तै उपबिजेताले एक लाख २५ हजार रुपैया र ट्रफी पाउने अध्यक्ष चौधरीले जनाए । साथै प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई चाँदीको बुट र बेस्ट स्कोररलाई चाँदीको बल पुरस्कार दिने अध्यक्ष चौधरीको भनाइ छ ।


सम्बन्धित समाचार