Logo

१४ कात्तिक,काठमाडौँ । गत अक्टोबर ७ मा हमासले इजरायलमा आक्रमण सुरु गरेयता जारी युद्धको समाचार संकलनका क्रममा ३१ पत्रकारको मृत्यु भएको छ।

अधिकांशको गाजापट्टीमा मृत्यु भएको छ। कमिटी टू प्राटेक्ट जर्नलिस्ट्स सीपीजेका अनुसार हालसम्म २६ प्यालेस्टाइनी, चार इजरायली र एक लेबनानी पत्रकारको मृत्यु भएको छ। संगठनले खासगरी गाजामा पत्रकारले असाधारण खतराको सामना गर्नुपरिरहेको बताएको छ।

साथै इजरायलको खतरनाक बमबारी तथा स्थलगत आक्रमणबाट गुज्रिन कठिन भइरहेको उक्त संस्थाले उल्लेख गरेको छ। प्यालेस्टाइनी फिल्म निर्माता रोशदी सराज तथा रोयटर्सका बेरुत भिडियोग्राफर इसाम अब्दल्लाहको पनि युद्धमा मृत्यु भएको छ।

जारी युद्धमा गाजामा ३३ सय बालबालिका सहित झण्डै साढे ८ हजारको मृत्यु भइसकेको छ भने इजरायलमा १४ सय मारिएका छन्। एजेन्सी


सम्बन्धित समाचार