Logo

६ मंसिर,सेढवा ।पर्साको ग्रामीण क्षेत्रमा बन्द भएको गाजाको खेती फेरि शुरु भएको छ । प्रहरी प्रशासनले कडाइ र कारर्वाही अभियान थालेपछि पर्सामा ०६७ सालदेखि पूर्ण रुपमै बन्द भएको थियो ।

तर अहिले फेरि गाजा खेती मौलाएको हो । पर्साको सोनवर्षा, शंकरसरैया, पटेर्वासुगौली, सुवर्णपुर, मधुवन मथवल, निर्मलवस्ती, बिजय बस्ती, निचुटा, प्रसौनीविर्ता, सखुवाप्रसौनी, गादी, बागेश्वरी तित्रौना लगायतका साबिकका गाविसहरुमा किसानले गाजा खेती गरेको स्थानीयवासीले बताएका छन् ।

चितवन राष्ट्रिय निकुन्ज र पर्सा राष्ट्रिय निकुञ्ज र राष्ट्रिय जंगलसंग जोडिएका साबिकको गाविसहरुमा बढि जसो गाजा खेती गरिएको छ । यस्तै वन अतिक्रमण गरिएको जग्गा र खोलाको बगरमा पनि कारोबारी र किसानले गाजा रोपेका छन् ।

१०११ वर्ष देखि गाजाको खेती बन्द भएका कारण पर्सामा गाजाको बीउको अभाव भएपछि यहाका किसानहरुले मकवानपुरका पहाडी गाविसबाट बीउ ल्याएर रोपेका हुन् । कतिपय स्थानमा भने किसानले गाजाका कारोबारीहरुको लगानीमा गाजाको खेती गरेको गाँउलेहरुले बताएका छन् ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमार बिक्रम थापाले आफुलाइ यस विषयमा केहि जानकारी नभएको प्रतिक्रिया दिनुभएको छ । उहाँले सो क्षेत्रमा तत्कालै गाजा खेती फडानी गर्न प्रहरी टोली परिचालन गरिने बताउनुभयो ।

 

 

 


सम्बन्धित समाचार