Logo

८ मंसिर,काठमाडौं । नागरिक बचाऊ अभियानअन्तर्गत आन्दोलनको दोस्रो दिनको थप कार्यक्रमका लागि काठमाडामौमा  भेला भएका प्रसाईं समर्थकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आह्वान गरेको आन्दोलनको दोस्रो दिनको कार्यक्रमलाई सफल पार्न पुगेका समर्थकलाई काठमाडौं प्रहरीले तीनकुनेबाट पक्राउ गरेको हो ।

राजधानी प्रहरीले ७ जनालाई नियन्त्रणमा लिएको जनाएको छ । प्रहरी नियन्त्रणमा रहेकाहरुलाई प्रहरी चौकी लगिएको छ । पक्राउ परेकाहरूको नाम ठेगाना प्रहरीले खुलाएको छैन ।
राजधानीको तीनकुनेमा आज कार्यक्रम गर्ने प्रसाईंले घोषणा गरेका थिए ।

यता काठमाडौं जिल्ला प्रशासन कार्यालयले भने प्रसाईंलाई तीनकुनेमा कार्यक्रम गर्न अनुमति नदिएको जनाएको छ । काठमाडौंका सिडिओ भन्छन्–शान्ति सुरक्षामा गम्भीर असर पार्ने गरी गतिविधि गरेमा कारबाही गरिन्छ ।
राजधानीको तीनकुनेसहित आसपासका एरियामा आवतजावत गर्ने सर्वसाधारणमाथि समेत प्रहरीले निगरानी बढाएको छ ।


सम्बन्धित समाचार