Logo

९ मंसिर,वीरगञ्ज । पर्साको ठोरीको गोलेडाँडा परिसरको आज सरसफाइ गरिएको छ । करिब २ महिनापछि गोलेडाडाँ परिसरको सरसफाई गरिएको हो ।

पहिलो कम्युनिस्ट प्रधानमन्त्री मनमोहन अधिकारीको अर्धकदको शालिक सहितको मनमोहन स्मृति पार्क वरपर सरसफाइ गरिएको सरासफाईमा सहभागी ठोरी गापा उपाध्यक्ष गोकुली कुमारी रेग्मीले जानकारी दिनुभयो ।

राष्ट्रिय युवा संघ ठोरीको पहलमा गोलेडाँडा वरपर रहेको पानीका बोतल, प्लास्टिक लगायतका फोहोर एवम् झाडीको सरसफाइ गरिएको हो । साविक ठोरी गाविसको अधिकांश भागको दृष्य देखिने सो डाँडामा पछिल्लो समय पर्यटक आवतजावत बाक्लो हुँदा फोहोर थुप्रिएको थियो ।

यस्तै झारपातका कारण सो क्षेत्र नै कुरुप भएको थियो । सो सम्बन्धमा गत मंसिर २ गते रेस खबर तथा नारायणी एफएम बाट समाचार प्रसारण तथा प्रकाशन भएको थियो ।

सरसफाई कार्यक्रममा युवा संघ ठोरीका अध्यक्ष अमृतकृष्ण राउत, निर्मल ठोरी मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष बाल कुमार बस्नेत लगायत युवा संघ आबद्ध नेताकार्यकर्ताहरुको उपस्थिति रहेको उपाध्यक्ष रेग्मीले सामाजिक सन्जाल मार्फत् जानकारी दिनुभयो ।

 


सम्बन्धित समाचार