Logo

१० मंसिर, वीरगञ्ज । पर्सा मिलन केन्द्र काठमाडौँले पर्साका विभिन्न व्यक्तिहरुलाई सम्मान गरेको छ । केन्द्रले हिजो काठमाडौंमा २३ औँ पर्सा दिवसको अवसरमा विभिन्न क्षेत्रमा क्रियाशील रहेका व्यक्तिहरुलाई सम्मान गरेको हो ।

प्रत्येक वर्ष केन्द्रले मनाउँदै आएको पर्सा दिवसको अवसरमा वीरगन्जका उद्योगी, साहित्यकार तथा रेसखवर डटकमका अतिथि सम्पादक गणेश लाठ, पत्रकार मनिष पौडेल, ध्रुव साह, श्रवण साह, कार्यक्रममा शिक्षाअन्तर्गत त्रिभुवन विश्वविद्यालय वनस्पति शास्त्रका पूर्व प्राध्यापक डा. रामदेव तिवारी, स्वास्थ्यमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. अचला वैधलाई सम्मानित गरेका छ ।

यसैगरी कलामा भोजपुरीका लोक कलाकार सलिम मियाँ, साहित्यतर्फ दिनेश गुप्ता, उद्यमतर्फ ताराचन्द्र केडिया, व्यवसायमा उर्मिला श्रेष्ठ प्रधान, सामाजिक सेवा तर्फ प्रवीण मानन्धर, शिक्षा क्षेत्रमा मनोज राम लगायतलाई सम्मान गरिएको केन्द्रका अध्यक्ष इञ्जिनियर उमेश गुप्ता रौनियारले जानकारी दिए ।

सम्मानित हुनेहरूलाई कार्यक्रमका प्रमुख अतिथि उपराष्ट्रपति राम सहाय यादव, विशिष्ट अतिथि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाललगायतले प्रमाणपत्र प्रदान गर्दै दोसल्ला ओढाएर सम्मानित गरेका थिए ।

कार्यक्रममा विभिन्न १० विधामा योगदान पु¥याएकाहरूलाई सम्मानित गरिएको अध्यक्ष गुप्ताले जानकारी दिए ।


सम्बन्धित समाचार