Logo

१० मंसिर, वीरगञ्ज । विभिन्न गीत गाएर सामाचकेवा खेल्ने तथा समूहमै सबैले सबैको दाजुभाइका लागि दिदीबहिनीहरुले दीर्घायुको कामना गर्ने पर्व तराई मधेसमा प्रत्येक साँझ अहिले खेलिदैछ ।

सम्पूर्ण मिथिलाञ्चलमा छठ पर्व खरनाको दिनदेखि सामाचकेवा पर्वको आगमन हुन्छ भने छठको तयारीसँगै यस पर्वका लागि पनि दिदीबहिनीले जोरजाम गर्ने गर्दछन् ।

मिथिल्लाञ्चल क्षेत्रमा बसोबास गर्ने मैथिलीभाषी र थारू समुदायले यो पर्वलाई विशेष धुमधामका साथ मनाउने गरेकाले यहाँका गाउँहरू अहिले गीतमय बनेको छ ।

यो पर्वमा चेलिबेटीले गीतको माध्यमबाट दाजुभाइको दीर्घायुको कामना र आशिष दिने गर्छन् । यो बेलामा गाउँमा एक किसिमको सिनेमा प्रदर्शन भएको जस्तो लाग्छ ।

दसैं, तिहार र छठपछि तराईमा यो अन्तिम पर्वका रूपमा मनाइन्छ ।


सम्बन्धित समाचार