Logo

११ मंसिर,ठोरी । पर्साको पर्सागढी नगरपालिकामा ट्याक्टर दुर्घटना हुँदा एक वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा जीराभवानी गाउँपालिका वडा नम्बर ४ बस्ने ७० बर्षीया केशरजिया देबी थरुनी रहेकी छन् ।

प्रदेश २–०३–००१ त ५५५४ नम्बरको ट्याक्टर अनियन्त्रित भइ पल्टिदा थरुनीको घटना स्थलमै मृत्यु भएको हो । पर्सागढी नगरपालिका वडा नम्बर ३ मा रहेको आमोदेबी मन्दिरमा लागेको मेला हेरेर घर फर्किने क्रममा गएराती ११ बजे पर्सागढी नगरपालिका वडा नम्बर २ बरवाछोटैली गाउँ नजिकै दुर्घटनापछि ट्र्याक्टरका चालक फरार रहेका छन् ।

ट्र्याक्टर प्रहरी चौकी बढनिहारले नियन्त्रणमा लिएको छ । ट्याक्टर धनी श्यामबाबु चौरसिया पनि सम्पर्क बिहीन रहेकोले चालक र ट्याक्टर धनीको खोजी भईरहेको प्रहरीले जनाएको छ ।


सम्बन्धित समाचार