Logo

फाइल तस्बिर

११ मंसिर,सेढवा । पर्सा जिल्लाको ग्रामिण भेगमा रहेका एक मात्र इलाका प्रशासन कार्यालय सुपौली विगत ८ महिनादेखि बन्द छ ।
इलका प्रशासन कार्यालयमा सेवा प्रवाह गर्ने कर्मचारी नहुँदा सुपैली प्रशासन कार्यालय बन्द भएको बताइन्छ ।

जिल्ला प्रशासन कार्यालय पर्साले दूरदराजबाट सदरमुकाम आइरहने सेवाग्राहीहरुको समस्यालाई मध्यनजर गरी सुपौलमिा दोस्रो इलाका प्रशासन कार्यालय सञ्चलानमा ल्याइएको थियो ।

सर्वसाधारणको सुबिधाका लागि स्थापना गरिएको इलाका प्रशासन कार्यालय नै लामो समयदेखि बन्द भएपछि सेवाग्राहीहरु मर्कामा परेका छन् ।

पहिला जस्तै धेरै पैसा खर्च गरेर सदरमुकाम धाउन बाध्य रहेको स्थानीयबासीहरुको गुनासो छ । सुरुमा नियमित सेवा प्रवाह गर्ने यो प्रशासन कार्यालयले विस्तारै सेवा कटौती गर्दै साताको एकदिन मात्रै सेवा प्रवाह गरिरहेको थियो ।

त्यसपछि कर्मचारी अभावको कारण देखाउदै जिल्ला प्रशासन कार्यालय पर्साले साताको एक पटकमात्र सेवा प्रदान गर्न थालेको स्थानीय बताउँछन् । उनीहरुका अनुसार अहिले आएर त्यो पनि सुविधा बन्द भएको हो ।

कुनकुन पालिकालाई प्रत्यक्ष फाइदा ?
सुपौली इलाका प्रशासन कार्यालयमा जिल्लाका ४ वटा पालिकाका सेवाग्राही प्रत्यक्षरुपमा लाभान्वित थिए ।
यो प्रशासन कार्यालयमा ग्रामीण भेगका ठोरी, जिराभवानी, जगरनाथपुर र पटेर्वासुगौली गाँउपालिकाको सर्वसाधारणले सेवा लिइरहेका थिए ।

यो कार्यालयमा तोकिएका पालिकाका आम नागरिकले नागरिकता, नागरिकता प्रतिलिपी, समावेशी समुदायको प्रमाणपत्रसहितका सेवाप्राप्त गर्दै आएका थिए ।

सुपौली प्रशासन कार्यालय बन्द हुँदा सर्वसाधारणलाई शारिरीक कष्ट मात्र नभइ आर्थिक समस्याको भार पनि थपिएको छ ।
आफ्नै गाउँमा सेवा पाउदा खुसी हुने यो क्षेत्रका नागरिकहरुले भने अहिले राज्यप्रति नै आक्रोशित बनेका छन् । सरकारले किन सेवा किन कटौती ग¥यो भनेर उनीहरुको आक्रोशमिश्रित प्रश्न छन् ।

यही बैशाख महिनादेखि सेवा प्रवाह नै बन्द भएका जिराभवानी गाउपालिका वडा नं १ का रोहित चौधरीले सुनाए ।
सेवाप्रवाह बन्द हुँदा नागरिकतासहितका आवश्यक कागजात लिन फेरि वीरगञ्ज धाउनु पर्दा उनी असन्तुष्ट छन् ।
उनी भन्छन्,‘घरमा सेवा लिदा पैसा लाग्दैन्थ्यो, समयको पनि बचत हुन्थ्यो । तर अहिले पैसा र समय दुईवटै खर्च भइरहेको छ । जसका कारण गरीखानेलाई एकदम ग्राहो भइरहेको छ ।’

के भन्छ जिल्ला प्रशासन कार्यालय ?

यो विषयमा जिल्ला प्रशासन कार्यालयसंग प्रतिक्रिया लिदा शाखा अधिकृत विनय श्रीवास्तव सेवा प्रवाह बन्द भएको स्वीकारे ।
तर यो समस्या आफ्नो कार्यालयको कारणले नभइ मन्त्रालयकै लापरबाहीले भएको दाबी गरे । उनका अनुसार मन्त्रालयले अधिकृत नपठाउँदा यो समस्या देखिएको हो ।

तर चाँडै समस्या समाधान हुने पहल भइरहेको उनको भनाइ छ । उनी भन्छन्,‘जिल्लामा अधिकृत भएका बेला सातामा एक दिन सेवा दिइन्थ्यो, तर अहिले शाखा अधिकृत नै कम छन् । यहीकारण सुपौलीबाट सेवा दिन नसकिएको हो ।’

इलाका प्रशासन कार्यालय सुपौलीमा अहिले एक जना नायब सुब्बा, एक जना कम्प्यूटर अपरेटर र दुई जना कार्यालय सहयोगी गरी ४ जना कार्यरत छन । ती कर्मचारीहरुले कार्यालय खोल्ने र आएका सेवाग्राहीहरुलाई कागजात सच्चाएर बीरगन्ज पठाउने गरेका छन ।

नेपाल सरकारले २०७५ पुष ११ गते आइतवारका इलाका प्रशासन कार्यालय जिराभवानी गाउँपालिका वडा नं ४ सुपौलीमा स्थापना गरी संचालनमा ल्याइएको थियो ।


सम्बन्धित समाचार