Logo

१२ मंसिर,वीरगञ्ज । धनुषाको धनौजी गाउँपालिकामा बेवारिसे अवस्थामा महिलाको शव फेला परेको छ ।

धनौजी गाउँपालिकामा ४ भडरियास्थित आँप बगैँचामा परालले छोपिएको अवस्थामा महिलाको शव फेला धनुषा प्रहरीले जनाएको छ ।

स्थानीयले आज विहान शव देखेपछि प्रहरीलाई सूचना दिएका थिए । स्थानीयको सूचना प्राप्त भएलगत्तै घटनास्थलमा प्रहरी पुगेको छ ।
धनुषाका प्रहरी प्रमुख मित्रबन्धु शर्मा नेतृत्वको टोली आफै घटनास्थलमा पुगेर सूक्ष्म अनुसन्धान गरिरहेको प्रहरी भनाइ छ ।

फेला परेको बेवारिसे शवको अनुसन्धानमा जटिलता नआओस भनेर सूक्ष्म अनुसन्धानका लागि कुकुरसहितको टोलीले परिचालन गरिएको एसपी शर्माले बताए ।

करिब ४८ घण्टा अगाडि हत्या गरेर शव लुकाएको हुन सक्ने प्रहरी अनुमान छ । यो घटनामा थप अनुसन्धान जारी रहेको धनुषा प्रहरीको दाबी छ ।


सम्बन्धित समाचार