Logo

बाराले बारा जिल्लाको विभिन्न समस्या र विकासका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र

६ पुस,वीरगञ्ज । नेकपा माओवादी केन्द्र बाराले बारा जिल्लाको विभिन्न समस्या र विकासका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाएको छ ।

पार्टीको विशेष रुपान्तारण अभियानका बारा जिल्ला इञ्चार्ज तथा पार्टीका स्थायी समिति सदस्य प्रल्हाद बुढाथोकीको नेतृत्वमा गएको टोलीले कोल्हवी नगरपालिका लगायत विभिन्न गाउँमा रहेको विभिन्न समस्या र विकासको बारेमा प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो ।

हदबन्दी भन्दा बढी जग्गा स्थानीय सामन्तहरुले गैरकानुनी रुपले मोही किसानहरूलाई वेदखल गरि आफ्नो नाममा ल्याउने र किसानहरुलाई घरबारविहीन बनाउने कार्य गरेको विरुद्ध कारवाही गर्दै हदबन्दी जग्गा मोही किसानहरूलाई र भुमिहिन किसानहरुलाई वितरण गर्नुपर्ने लगायत त्यस क्षेत्रको सुकुम्बासी समस्या हल गर्नुपर्ने र तामागढी सिम्रौनगढ सडक विस्तारको मुआब्जा हालसम्म वितरण नभएको बारे ध्यानाकर्षण गराएको जनाएको छ ।

प्रधानमन्त्री प्रचण्डलाई भेटेर ज्ञापनपत्र बुझाउन जाने टोलीमा इन्चार्ज बुढाथोकी सहित जितपुरसिमरा उपमहानगरपालिकाका मेयर राजन पौडेल, राष्ट्रिय भुमि आयोगका उपाध्यक्ष कोल्हवी नगरपालिका वडा नम्बर–९ का वडा अध्यक्ष, स्थानीय किसान नेताहरु लगायत प्रधानमन्त्री कार्यालय सिंहदरबारमा ज्ञापनपत्र बुझाएको हो।


सम्बन्धित समाचार