Logo

धनुषा प्रहरी हिरासतमा एकजनाको मृत्यु : अवस्था तनावग्रस्त, भीड नियन्त्रण गर्न चलाइएको गोलीबाट एकजना घाइते
वस्था तनावग्रस्त, भीड नियन्त्रण गर्न चलाइएको गोलीबाट एकजना घाइते

६ पुस,जनकपुर । धनुषा जिल्लाको प्रहरी हिरासतमा एकजना थुनुवाको मृत्युभएपछि अवस्था तनावग्रस्त बनेको छ ।
जिल्लाको हँसपुर नगरपालिकास्थित इलाका प्रहरी कार्यालय सुगानिकासमा ४५ वर्षिय दीपनारायण मणडलको मृत्युभएपछि अवस्था तनावग्रस्त बनेको हो ।

इलाका प्रहरी कार्यालयको हिरासतमा गएराती प्रहरीको कुटपिटबाट हिरासतमै मृत्यु भएपछि स्थानीयहरु इप्रका आज विहान घेराउ गरेसँगै ढुंगामुढासमेत गरेका छन् ।
स्थानीयबासीले इलाका प्रहरी अगाडि प्रदर्शन गर्न थालेपछि प्रहरीले भीडलाई तितरबितर गर्न प्रहरीले गोली चलाएको थियो ।

प्रहरीले चलाएको गोली लागेर स्थानीय शंकर मण्डल घाइतेसमेत भएका छन् । घाइते मण्डलको दायाँ हातमा गोली लागेको हँसपुर नगरपालिकाका कार्यपालिका सदस्य राजेश पासमानले जानकारी दिए ।

यता प्रहरीले भने केही राउण्ड हवाई फायर गरेको धनुषाका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक रञ्जन अवाले बताए ।
उनले मृतक र घटनाको विषयमा विस्तृत विवरण नआएको भन्दै उनले यसका लागि छानविन थालिने बताए ।

अहिले जिल्ला प्रहरी कार्यालय धनुषाको टोलीसमेत घटनास्थलमै गएर घटनाबारे बुझिरहेको जनाइएको छ ।


सम्बन्धित समाचार