Logo

६ पुस,वीरगञ्ज । बाराको निजगढ नगरपालिका वडा नं १ का एक बृद्धको रुखबाट खसेर मृत्यु भएको छ ।

निजगढ नगरपालिकामा सडक हेरालुका रुपमा कार्यरत पुर्णबहादुर तिमल्सिनाको रौतहटको जंगलमा रुखबाट खसेर मृत्यु भएको हो ।

६५ वर्षिय तिमल्सिना विहिबार अपरान्ह ३ बजेतिर बाख्रालाई घाँस लिन भन्दै जंगल गएका छिमेकी राधाकृष्ण सापकोटाले बताए ।

करिब २० मिटर उचाईबाट खसेका तिमल्सिना बजारिएको स्थानबाट ३ मिटर जति पर कोल्टे घोप्टो अवस्थामा मृत फेला परेका स्थानियले बताएका छन् । तिमल्सिना २०७३ सालदेखी नगरपालिका मातहत ज्यालादारीमा सडक हेरालुका रुपमा काम गर्दै आएका थिए ।

नगरपालिकाका सव ईन्जिनियर नवीन खनालले उनको शव पोष्ट्मार्टमका लागी चन्द्रपुर अस्पताल पठाईएको बताए ।

 


सम्बन्धित समाचार