Logo

७ पुस,वीरगञ्ज । बारामा मोटरसाइकल दुर्घटनाबाट २ जनाको ज्यान गएको छ । बाराको प्रसौनी गाउँपालिकाको २ मा दुधौरा खोलमा मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना हुँदा २ जनाको मृत्यु भएको प्रहरीले जनाएको हो ।

प्रहरीका अनुसार मृत्यु हुनेहरुमा कलैया १३ बलिराम निवासी कुन्दन मेहता खत्री र कलैया सितलपुर बस्ने अभिमनु कुशवाहा रहेका छन् ।
कलैयाबाट बीरगञ्जतर्फ आउँदै गरेको मधेश प्रदेशको ०३–०३०–प ४३९८ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भइ पुलको बाया साइडको पिलरमा ठोकिएर २ जना घाइते भएका थिए ।

प्रहरीका अनुसार घाइते भएपछि उनीहरुलाई थपको उपचारको लागि अस्पताल पु¥याइएको थियो । दुबै जनाको उपचारको क्रममा मृत्यु भएको बारा प्रहरी प्रवक्ता दधिराम न्यौपानेले जनाए ।

 

 


सम्बन्धित समाचार