Logo

७ पुस,वीरगञ्ज । महोत्तरीको सोनामा गाउँपालिकामा शिशु मृत फेला परेका छन् ।

वडा नं. ३ स्थित मरहा खोलाबाट सालनालसहित फालिएको मृत शिशु फेला परेको हो । इलाका प्रहरी कार्यालय गौशालाबाट प्रहरी निरीक्षक नेतृत्वको टोलीले मृत अवस्थामा शिशु फेला पारेको हो ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका डीएसपी दिलीपकुमार गिरीका अनुसार घटनास्थलमा पुगेको प्रहरी टोलीले मुचुल्का गरी मृत शिशुको पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जलेश्वर पठाएको छ ।

नवजात शिशु कसले फालेको भन्नेबारे अनुसन्धान भइरहेको गिरीले बताए ।

 

 


सम्बन्धित समाचार