Logo

८ पुस,बारा । बाराको जुनतारा फाउण्डेशनले दुई सय २५ जना विद्याथीहरुलाई न्यानो पोशाक वितरण गरेको छ । जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. ४ औराहास्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका बिद्यार्थीहरुलाई पोसाक बितरण गरिएको हो ।

न्यानो कपडाका रुपमा ट्रयाक सिसुदेखि कक्षा पाँच सम्मका विद्यार्थीलाई वितरण गरिएको जुनतारा फाउण्डेशनका अध्यक्ष बिनोद सापकोटाले जानकारी दिए ।
तिहारको शुभकामनासँगै सामाजिक सञ्जालमार्फत आह्वान गरेर पोशाक खरिदका लागि सहयोग रकम जुटाईएको थियो ।

प्रति पोशाक आठ सयका दरले खरिद गरिएको जनाइएको छ ।


सम्बन्धित समाचार