Logo

४ माघ,वीरगञ्ज ।बाराको कलैया उपमहानगरपालिकाका मेयरलाई धम्की दिएको आरोपमा एक जनालाई बारा प्रहरीले पक्राउ गरेको छ ।

मेयर विनोद साहलाई धम्की दिएको आरोपमा एकजनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा पर्साको सखुवाप्रसौनी गाउँपालिका वडा नं।५ महुवन बस्ने ३६ वर्षीय भोला गिरी रहेका छन् ।

अज्ञात व्यक्तिले फोन गरी धम्की दिएको भनी मेयर साहले प्रहरीलाई जानकारी गराएका थिए । सोही जानकारी पाएपश्चात जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले गिरीलाई पक्राउ गरेको बाराका प्रहरी नायब उपरिक्षक डिएसपी दधिराम न्यौपानेले जानकारी दिनुभयो ।

पक्राउ परेका गिरीलाई प्रहरी नियन्त्रणमा राखी थप अनुसन्धान कार्य भइरहेको उहाँले बताउनुभयो ।


सम्बन्धित समाचार