Logo

४ माघ,वीरगञ्ज । कृष्ण पासवानमाथि भएको साघांतित हमलाप्रति राष्ट्रिय स्वतन्त्र पार्टीले ध्यानाकर्षण भएको जनाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी सर्लाहीले पासवानमाथि भएको साघांतित हमलाप्रति पार्टीको गम्भिर ध्यानाकर्षण भएको जनाएको हो ।

माघ ३ गते वीरगञ्ज महानगरपालिका वडा नं. २३ स्थित प्रसौनी टोलमा सडक निर्मांण विवादमा रास्वपाका मधेश प्रदेश सदस्यसमेत रहेका पासवानमाथि केहि व्यक्तिहरुले फलामको रडठले प्रहार गरेका थिए । फलामे रडको प्रहारबाट पासवान गम्भिर घाइते भएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सर्लाही जिल्ला संयोजक कमलेश शाहले यसरी कसैको ज्यान मार्ने गरि भएको हमलाप्रति पार्टीले घोर निन्दा गरेको जनाए ।
उनले घटनाको निष्पक्ष छानविन गरि दोषीलाई कानुन बमोजिम कारवाही गर्न माग गरेका छन् ।


सम्बन्धित समाचार