Logo

६ माघ,रौतहट । स्यालको आक्रमणबाट रौतहटमा १२ जना स्थानीयबासिन्दा घाइते भएका छन् । जिल्लाको गढीमाई नगरपालिका–७ मा स्यालले टोकेर १२ जनालाई घाइते बनाएको हो ।

खेतबारीमा घाँस काट्न गएका पालिकाको धनारी टोलका नौ वर्षीय बालकसहित १२ जना स्यालको टोकाइबाट घाइते भएका हुन् । नजिकै रहेको उखुबारीमा बसेका पाँच÷छ वटा स्यालको समूहले आक्रमण उनीहरु घाइते भएको पालिका प्रमुख श्यामप्रसाद यादवले जनाए ।

घाइतेमध्ये दुई जना महिलाको वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले जानकारी दिइन् ।
बाँकी घाइतेको उपचार प्रादेशिक अस्पताल गौरमा भई ‘एन्टिरेबिज भ्याक्सिन’ लगाएर घर फर्किएका छन् ।

अस्पतालले दिएको समयअनुसार घाइतेहरू थप भ्याक्सिनको पुनः अस्पताल धाउनु पर्ने जानकारी ‘मेडिकल सुपरिटेन्डेन्ट’ कृष्ण साहको भनाइ छ ।
स्यालले यसरी आक्रमण गर्दा स्थानीयबासिन्दा क्रसित भएका छन् ।


सम्बन्धित समाचार