Logo

६ माघ,सिम्रौनगढ । बाराको सिम्रौनगढ नगरपालिकामा निशुल्क एकदिने स्वास्थ्य शिविर सम्पन्न भएको छ । सिम्रौनगढ–१ सशस्त्र प्रहरी बेस क्याम्पको प्राङगणमा शिविर सम्पन्न भएको हो ।

नेपाल नं. १२ गण हेडक्वाटर बाराको आयोजना तथा २३ औँ सशस्त्र प्रहरी दिवस २०८० र सिमासँग सशस्त्र प्रहरी अवधारणा अन्र्तगत कार्यक्रम सम्पन्न भएको हो ।

प्रमुख अतिथि सिम्रौनगढका मेयर किशोरी प्रसाद कलवारले पानसमा बत्ती बालेर कार्यक्रमको उद्घाटन गर्नुभयो । साथै कार्यक्रममा चार सय ५० जना अति विपन्न परिवारलाई न्यानो कपडासमेत वितरण गरिएको थियो ।

कार्यक्रममा बाराका प्रमुख अधिकारी शशीधर घिमिरे, प्रहरी उपरिक्षक एसपी सुरेश प्रसाद काफ्ले, सशस्त्र प्रहरी उपरिक्षक टोप बहादुर डांगी, इलाका प्रहरी कार्यालय सिम्रौनगढका प्रहरी निरीक्षक नविन राई, सशस्त्र प्रहरी बिओपी गोलागञ्जका प्रहरी निरिक्षक सुमन अधिकारी, उद्योग वाणिज्य संघका अध्यक्ष लालबाबु कुशवाहा,

सिम्रौनगढ नगरपालिका वडा नं. ४ का अध्यक्ष अवधेश सहनी, ६ का वडाध्यक्ष नन्दकिशोर प्रसाद जयसवाल, ७ का अध्यक्ष बिवेक मेहता, समाजसेवी रामबाबु कुशवाहा लगायत स्थानीय भद्रभलादमी तथा सेवाग्राहीको उपस्थिती रहेको थियो ।


सम्बन्धित समाचार