Logo

७ माघ,पर्सागढि । लगातार बढेको चिसोका कारण पर्साको पर्सागढि नगरपालिकाले तेस्रो पटक विद्यालयमा जाडो बिदा थप गरेको छ ।

पालिकाले सूचना निकालेर सामुदायिक तथा सस्थांगत विद्यालयहरुमा जाडो बिदा थप गरेको हो । बढ्दो अत्याधिक चिसो तथा शितलहरका कारण बालबालिकाहरुमा पर्न सक्ने प्रतिकुल असरलाई मध्यनजर गर्दै माघ ८ गतेदेखि माघ १२ गतेसम्म पालिकाका सम्पुर्ण विद्यालयमा पठनपाठन बन्द गरिएको पर्सागढि नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत नारायणप्रसाद पौडेलले जानकारी दिनुभयो ।

यस्तै पर्साको जगरनाथपुर गाँउपालिकाले विद्यालयहरुमा ६ दिनका लागि जाडो विदा थप गरेको छ । गाँउपालिकाका शिक्षा शाखा प्रमुख अशोक कुमार सिंहले माघ ७ गते आजदेखि थप ६ दिनका लागि विद्यालयमा जाडो बिदा थप गरेको जानकारी दिनुभयो ।

उहाँका अनुसार माघ १२ गते सम्मका लागि पालिकाका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयमा पठनपाठन ठप्प रहनेछ ।


सम्बन्धित समाचार