Logo

४ फागुन,पर्सागढी । पर्साको पर्सागढी नगरपालिकामा प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु भएको छ । पर्सागढी नगरपालिकाको सहयोग र श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय बर्वाछटैलीको आयोजनामा प्रतियोगिता सुरु भएको हो ।

श्री नेपाल राष्ट्रिय माविको खेलमैदानमा सुरु भएको प्रतियोगिताको उद्धघाटन पर्सागढीका मेयर गोकर्ण पाठकले पानसमा बत्ती बालेर गरेका थिए । कार्यक्रममा बोल्दै मेयर पाठकले खेलाडीहरुले देशको नाम उच्च बनाउने भएकाले अनुशासनमा बसि खेल्न सुझाव दिए ।

खेलाडीहरुलाई प्रोत्साहन गर्न खेल मैदानको पालिका जुटेको उनले बताए ।

तिनदिनसम्म प्रतियोगितामा पर्सागढीका १२ वटा सामुदायिक तथा निजी विद्यालयहरुले सहभागिता जनाएका छन् । नेरा मावि बर्वाछटैली, ज्योती सदन ईङ्ग्लिस स्कुल, नेरा मावि हरदासपुर, कोईलाभार आधारभुत विद्यालय मनवा, भुपु सैनिक आमोदेवी स्कुल, नेरा आधारभुत विद्यालय सबैया, जनता मावि बडनिहार, नेरा आधारभुत बिधालय झबराहा, नेरा मावि बडेर्वा, पर्सा रेम्बो माध्यमिक विद्यालय बडनिहार, भोजिया देवी आधारभुत विद्यालय गोडपसरा, नेरा मावि बहुवर्वा सिराले प्रतियोगितामा भाग लिएका हुन् ।

प्रतियोगितामा दौड, रिले, हाईजम्प, लङ्गजम्प, सटपुट, ज्याबलिङ्ग, कबड्डी, भलिबल लगायतका खेल खेलाइने मुख्य निर्णायक विषेश्वर पटेलले जनाए ।

विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष ओसियर मिँयाको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रममा उपप्रमुख पुजा चौधरी पुर्व उपप्रमुख अर्चना चौधरी, वडा नंं ४ का वडाध्यक्ष शेष खुरसेद, ६ नम्बर वडा अध्यक्ष नवलकिसोर कलवार, प्रमुख प्रशासकिय अधिकृत छबिरमण भट्टराई, राम आशिष प्रसाद यादव, शिक्षा शाखा प्रमुख देव गिरी लगायतले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

स्वागत मन्तव्य नेरामावि बर्वाछटैलीका प्रधानाध्यापक रामबहादुर चौधरीले गरेको कार्यक्रमको सहजीकरण शिक्षक कृष्ण कुमार श्रेष्ठले गरेका थिए ।


सम्बन्धित समाचार