Logo

३ चैत,वीरगञ्ज । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले बाराको कलैयासिथत वर्षा ड्राईभिङ एण्ड ट्रेनिङ सेन्टरको उद्धघाटन गरेका छन् । आज एक कार्यक्रमबिच मुख्यमन्त्री यादवले ड्राइभिङ एण्ड ट्रेनिङ सेन्टरको उद्धघाटन गरेका हुन् ।

सेन्टरको उद्धघाटन गर्दै मुख्यमन्त्री यादवले जिल्लाका नागरिकहरुलाई यातायात सम्बन्धित कार्य गर्न वीरगञ्ज धाउनुपर्ने बाध्यता भएको बताए । सेन्टरले प्रदान गर्ने नयाँ सवारी दर्ता, नविकरण, कर जरिवाना छुट लगायतका व्यवस्थाको उल्लेख गर्दै उनले मौका फाईदा उठाउन आग्रह गरे । लाईसेन्स लगायतका काममा सेवाग्राहीलाई कुनै अवरोध सृजना नगरी सहज तरिकाले सेवा प्रवाह गर्न निर्देशन दिदै बदमासी गर्ने कर्मचारीहरुलाई कारवाही गर्ने चेतावनी दिए ।

एक फरक प्रसंगमा बोल्दै उनले आफूले मुख्यमन्त्रीको पद सम्भालेपछि बारा, रौतहट र सर्लाही जिल्लामा यतायात कार्यालयको स्थापना गरि सोही ठाउँहरुबाट सेवा प्रदान गर्दै उल्लेख गरे । प्रदेश सरकारले जनतासँग सरोकार राख्ने सबै कार्यालयहरुको शाखा स्थापना गरेको बताउँदै मुख्यमन्त्री यादवले जनतालाई छिटो छरितो रुपमा सेवा प्रदान हुने विश्वास व्यक्त गरे । नजिकिँदै गरेको फागुपूर्णिमा (होली) लाई भड्किलो नबनाई र सभ्य भव्य तरिकाले खेल्न आग्रह गर्दै आपसी सद्भाव, सहकार्य, भाईचाराको कायम राख्न उनले अपिल गरे ।

वर्षा ड्राईभिङ एण्ड टे«निङ सेन्टरका संचालक राजकुमार पटेलको अध्यक्षतामा भएको कार्यक्रममा जनता समाजवादी पार्टीका राजनीतिक समिति सदस्य रामकिशोर यादव, जिल्ला समन्वय समितिका प्रमुख नरेन्द्र साह, जसपाका केन्द्रिय सदस्य प्रकाश चौगाई, लोसपाका केन्द्रिय सदस्य डाक्टर कमरुल्लाह अंसारी लगायतकाले मन्तव्य व्यक्त गरेका थिए ।


सम्बन्धित समाचार