Logo

फाइल तस्बिर

५ चैत,वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले ६ लाख हुण्डीको रकमसहित एकजनालाई नियन्त्रणमा लिएको छ । विशेष सूचनाको आधारमा वीरगञ्ज महानगरपालिका १६ दुर्गाहल पछाडीको गल्लीबाट हुण्डीको रकमसहित एकजनालाई नियन्त्रणमा लिएको हो ।

पर्साका प्रहरी प्रवक्ता डिएसपी कुमार बिक्रम थापाका अनुसार धनुषा गणेशमान चारनाथ नगरपालिका ६ घर भई हाल वीरगञ्ज १६ बस्ने ५० वर्षीय रामबाबु साह कलवारलाई पक्राउ गरेको हो ।
शंकास्पद रुपले हिँडीरहेका उनले बोकेको झोलाबाट एक हजार दरका ३३५ थान, ५०० दरका नोट ६८२ थान गरी ६ लाख ८२ हजार रुपँया बरामद गरेको डिएसपी थापाले बताए ।

यस्तै भारतीय प्रतिबन्धित ५०० दरका नोट ५६ थान, भारतीय रुपैँया २८ हजार र विभिन्न बैँकहरुको चेकबुक १९ थान र मोबाइल फोनसमेत फेला पारेको प्रहरीले जनाएको छ ।
पक्राउ परेकामाथि बैँक तथा वित्तीय सस्ंथा सम्बन्धि ऐन २०७३ विरुद्धको कसूरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनायो ।


सम्बन्धित समाचार