Logo

१५चैत,वीरगञ्ज । पर्सा जिल्लाबाट पहिलो दिन ७ जना कैदीबन्दीहरुसमेतले माध्यमिक शिक्षा परीक्षा (एसईई) दिएका छन् । वीरगञ्ज महानगरपालिका वडा नम्बर ४ स्थित कारगार र बालसुधार गृहका बन्दीहरु गरी ७ जनाले पहिलो दिनको एसईई परीक्षा दिएका हुन् ।

जिल्ला शिक्षा तथा समन्वय एकाई पर्साका परीक्षा सहायक गोपाल साहका अनुसार कारगारका ३ जना र बालसुधार गृहका ४ जना गरी ७ जना कैदीबन्दीले एसईई परीक्षामा सहभागिता जनाएका छन् ।
जिल्लाका ७८ वटा सामुदायिक विद्यालय, ६२ संस्थागत विद्यालय गरी एकसय ४० विद्यालयका १० हजार २५३ जना परीक्षार्थीले यसवर्ष पर्सा जिल्लाबाट एसईई परीक्षा दिदैँछन् ।

पहिलो दिनको परीक्षा शान्त तथा सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको परीक्षा सहायक साहले जानकारी दिए ।


सम्बन्धित समाचार