![](https://i0.wp.com/racekhabar.com/wp-content/uploads/2024/03/urmila-aryal-narayan-dahal_Zy6085CNoH.jpg?fit=1139%2C580&ssl=1)
१५ चैत,काठमाडौं । राष्ट्रिय सभाकी उपाध्यक्ष उर्मिला अर्यालले राजीनामा दिएकी छन्।
उपाध्यक्ष अर्यालले राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालसमक्ष बुधबार राजीनामा पत्र बुझाएकी हुन्।नेकपा माओवादी केन्द्रबाट राष्ट्रिय सभाको अध्यक्षकी दाबेदार उनी दाहाललाई जिम्मेवारी दिइएसँगै असन्तुष्ट थिइन्।
तर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सभाको अध्यक्ष भाइ नारायण दाहालालई बनाएका थिए।
दाहाल गत फागुन २९ गते भएको निर्वाचनबाट राष्ट्रिय सभाको अध्यक्ष भएका छन्। त्यसअघि फागुन २० गतेसम्म एमालेबाट गणेशप्रसाद तिमल्सिना राष्ट्रिय सभाको अध्यक्ष थिए। अर्याल २०७९ माघ २३ गते राष्ट्रियसभाको उपाध्यक्षमा निर्विरोध निर्वाचित भएकी थिइन्। राष्ट्रियसभा उपाध्यक्षका लागि तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रसहितको सत्ता गठबन्धनबाट अर्यालको मात्रै उम्मेदवारी परेको थियो।
माओवादी केन्द्रकी स्थायी समिति सदस्य उनलाई नेपाली कांग्रेसले पनि साथ दिँदै उम्मेदवारी नदिएपछि निर्विरोध निर्वाचित हुने बाटो खुलेको थियो।
उनी एमालेको उपेक्षामा परेर माओवादी केन्द्रमा प्रवेश गरेकी थिइन्। माओवादीमा प्रवेश गरेपछि संवैधानिक पदमा पुगेको एक वर्षमै उनले पदबाट बाहिरिनु परेको छ।