Logo

१५ चैत,वीरगञ्ज । बारा प्रहरीले २७ लाखभन्दा बढी मूल्यको दालसहित ट्रक नियन्त्रणमा लिएको छ । प्रहरीले २७ लाख ५९ हजार मूल्य बराबरको दालसहित ट्रक नियन्त्रणमा लिएको हो ।

विशेष सूचनाको आधारमा प्रहरी चौकी पथलैयाको टोलीले २१ हजार किलोग्राम दाल लोड रहेको ट्रक पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरिक्षक दधिराम न्यौपानेले जनाए ।
जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १ पथलैया चोकबाट ना ८ ख १२६१ नम्बरको ट्रक पक्राउ गरेको उनले बताए । नुवाकोटतर्फ जाँदै गरेको ट्रकलाई जाँच गर्दा बिल बिजक भन्दा बढीका भासन्डो र मुसुरो दाल बरामद भएकोले नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

बरामद दालसहित ट्रक आवश्यक कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको प्रहरीले बतायो ।


सम्बन्धित समाचार