Logo

१७ चैत,वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्षमा जथाभावी फोहोर फ्याल्नेहरुबाट ११ लाखभन्दा बढी रुपैँया राजश्व संकलन गरेको छ ।

महानगरपालिकाले चालु आव ०८०÷८१ को आठ महिनामा जथाभावी फोहोर फ्याल्नेहरुबाट ११ लाख ६५ हजार नौ सय रुपैयाँ राजस्व सङ्कलन गरेको जनाएको छ । सडक पेटीहरुमा जथाभाबी फोहोर फाल्ने ३ सय ८० जना व्यक्ति तथा संस्थामाथि कारवाही गरी उक्त रकम संकलन भएको सरसफाई शाखा प्रमुख सरफुद्धिन मियाँले जानकारी दिए ।

गत वर्ष ०७९ साल पुस १७ गतेदेखि महानगरपालिकाले जथाभावी फोहोर फ्याल्नेमाथि जरिवाना तिराउन सुरु गरेको थियो । हालसम्म ९ सय जनालाई कारवाही गरी जरिवानावापत उक्त रकम संकलन भएको उनले बताए ।

वीरगञ्ज महानगरपालिकालाई स्वच्छ, सफा, हराभरा र फोहोररहित बनाउने उद्देश्यले ३२ वटै वडामा विभिन्न निजी संघ सस्ंथाहरुसँगैको सहकार्यमा नियमित सफाइ गरिन्छ ।


सम्बन्धित समाचार